श्रीमान् श्रीमतीको हत्या गर्ने दुई बालकको कसुर कायम

0
Shares

धादिङ । 

माेबाईलका लागि श्रीमान् श्रीमतीको हत्या गरेको आरोप  लागेका दुईजना बालकलाई कसुर कायम गरिएको छ ।

त्रिपुरासुदरी गाउँपालिका – ३ आहालेमा  पतिपत्नीको ०७९ मंसिर  २५ गते हत्यामा १२ र १४ वर्षीय बालकको कसुर रहेको जिल्ला अदालतले फैसला गरेको हो।

घरमा सुतेको अवस्थामा ६२ वर्षीय श्रीमान् विष्णु बहादुर आलेमगर र ६० वर्षीया श्रीमती निरमायाँ आलेमगरको वन्चराेले हानेर हत्या भएको थियो ।

जिल्ला न्यायाधीश गाेपाल प्रसाद वास्ताेलाकाे ईजलासले २ बालकलाई कसुर कायम गरेका छन् ।

एउटा माेबाईल लानका लागि चाेरी गर्न गएकाे बेला बञ्चराेले हानेर हत्या गरेको अाराेपितहरुले बताएका थिए ।
जिल्ला अदालतले अर्को पेसीमा सजाए  निर्धारण गर्ने छ ।