कङ्गोमा खटिएका नेपाली शान्ति सैनिकको निधन



काठमाडौं।

शान्ति स्थापनार्थ कङ्गोमा खटिएका एक जना नेपाली शान्ति सैनिकको आज निधन भएको छ ।

निधन हुनेमा खोटाङको फक्टाङ्ग गाउँपालिका–८ स्थायी ठेगाना भएका प्युठ भुपजित राइ छन् ।

संयुक्त राष्ट्र संघको आह्वानमा उनी शान्ति स्थापनाका लागि कङ्गोमा खटिएका थिए । श्री नरसिंह दल गणको २९आँ डफ्फामा कार्यरत राईको त्यहाँस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाले जनाएको छ ।

केही दिनयता बिरामी परेका उनलाई उपचारका लागि कङ्गोको कुनियास्थित मोरोकन लेभल–टू अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचाररत उनको निधन भएको नेपाली सेनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्