कोशी प्रदेश : केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा



विराटनगर।

कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै ४७ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय घर्किएसँगै केदार कार्की समर्थक सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा पुग्ने सांसदहरुमा नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ जना रहेका छन् । उनीहरुले बिहीबार केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्