थापाविरुद्धको पक्राउ पुर्जीप्रति निर्देशक समाजको आपत्ति



फिल्म प्रसाद–२ का निर्माताबीचको लेनदेन विवादमा निर्देशकलाई समेत मुछेर प्रहरीमा उजुरी दिएकोप्रति नेपाल चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ।

समाजका महासचिव अरुणकुमार प्रधानद्वारा जारी वक्तव्यमा निर्देशक थापालाई पारिश्रमिक दिई निर्देशकीय जिम्मेवारी मात्र प्रदान गरिएको र यस्तो अवस्थामा प्रहरीले बिना कारण, बिना प्रमाण एकतर्फीरूपमा फिल्म बिक्री वितरण आरोप लगाउ“दै परेको उजुरीका भरमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक भएको जनाइएको छ।

समाजले फिल्म क्षेत्रलाई नै असर पर्नेगरी संघ संस्थाको बाटो छलेर प्रहरी प्रशासन र कानुनसमक्ष पुग्नेलाई सरोकारवाला संस्थामा गई विवादउपर मिलापत्र गराउने वातावरण गराइदिन अदालत र प्रहरी प्रशासनलाई आग्रह गरेको छ। प्रसाद–२ को लेनदेन विवादमा ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल र सम्पादक मिलन श्रेष्ठ निर्दोष रहेको भन्दै समाजले निष्पक्ष छानबिन गर्न तथा विवादको सहजीकरणमा कानुनलाई सहयोग गर्न थापालाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्