चाँदीका अवैध सामान ल्याउने सर्राफ पक्राउ

0
Shares

काभ्रे। 

सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालय इन्टेलिजेन्स ब्युरोको टोली तथा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेबाट खटिएको टोलीले बनेपा नगरपालिका वडा नम्बर ८ बसपार्क नजिकैबाट रात्री बसमा लुकाई ल्याएको चाँदी जस्तो देखिने बस्तु लगायतका विभिन्न सामानहरु बरामद गरेको छ ।

विरगञ्जबाट आउँदै गरेको रात्री बसमा भारतको पूर्वी चम्पारण ग्राम पञ्चायत नागटोल ६ घर भएका २९ वर्षीय अस्विनी सर्राफलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दराज राईले जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक अच्युतकुमार मजगैयाको कमाण्डको टोलीले सर्राफलाई नियन्त्रणमा लिई बरामद भएका बस्तुसहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ । उनको साथबाट ७ केजी २ सय ग्राम चाँदी जस्तो देखिने बस्तु बरामद भएको छ भने २ सय १९ वटा सिक्का, २० वटा मंगलसुत्र, २ प्याकेट मालाको दाना बरामद गरिएको छ ।

त्यस्तै ब्रासलेट २२ वटा, चुरा ८ जोर अर्थात् १६ वटा, पाउजु ४४ जोर, विभिन्न साईजको सिक्री ८४ वटा र गिलास ३ वटा बरामद भएको छ ।