इजरायलमा बेपत्ता एक नेपालीको अवस्था अझै अज्ञात, घर फर्किन २०० बढीले टिपाए नाम



काठमाडौँ।

इजरायल आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । इजरायलस्थित नेपाली दूतावासले आज साँझ विज्ञप्ति जारी गरी सम्पर्कविहीन रहेका ती नेपालीको तीव्ररूपमा खोजी भइरहेको जनाएको छ ।

त्यसका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सबै स्थानीय संयन्त्रको सहयोग लिइएको जनाइएको छ ।

दूतावासका अनुसार चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइएको छ ।
त्यस्तै मृतकको शव फिर्ता गर्नका लागि दूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको बताएको छ ।

नेपाल फर्कन इच्छुक नेपालीहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन सुरु भइसकेको छ । जसमा दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको छ।

शनिबार प्यालेस्टाइनी आतंकवादी समूह हमासको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्