दशैंका लागि अग्रिम टिकट बुकिङ २२ असोजदेखि



काठमाडौ‌ं ।

दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो।

त्यस अगाडि व्यवस्थापनका सबै काम सकेर २२ असोजबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए । हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्