लाजिम्पाटको फो-९९ रेस्टुरेन्टमा महानगरको ताला



काठमाडौँ।

काठमाडौं महानगरपालिकाले लाजिम्पाटमा रहेको फो-९९ रेष्टुरेन्टमा ताला लगाएको छ।

महानगरपालिका-३ स्थित लाजिम्पाटमा रहेको उक्त रेष्टुरेन्टमा खान योग्य नभएका सामान भेटिएपछि ताला लगाएको महानगरपालिकाले जनाएको छ।

महानगरका अनुसार ग्राहकले उक्त रेष्टुरेन्टको म: ममा साङ्ला भेटिएको गुनासो गरेका थिए। रेस्टुरेन्टमा बिक्री गरिएको मःममा साङ्ला भेटिएको गुनासोपछि महानगरको टोलीले बिहीबार अनुगमन गरेको थियो।

अनुगमनका क्रममा उक्त रेस्टुरेन्टमा अखाद्य वस्तुहरू भेटिएपछि ताला लगाइएको महानगरले जनाएको छ।

पछिल्लो समय महानगरपालिकाले रेस्टुरेन्ट, क्याफेहरूमा अनुगमन गर्दै कारबाही गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्