संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत : विमला राई पौड्याल

0
Shares

काठमाडौं ।

राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले जघन्य अपराधमा कैद भुक्तान गरिरहेका व्यक्तिलाई आममाफी दिनु गलत भएको बताएकी छन्।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै पौड्यालले जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन भन्दै प्रश्नसमेत गरिन् ।

संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत भएको भन्दै उनले मन्त्रिपरिषद्को औँठाछापका रुपमा राष्ट्रपति कार्यालय लिने भए राष्ट्रपति कार्यालय आवश्यक नभएकोसमेत बताइन् ।

संविधान दिवसको दिन चेतन मानन्धरको हत्यारालाई नेपाल सरकारले आममाफी दिनु गलत भएको उनको भनाइ छ । २० वर्षको कैद सजाय आठ वर्ष नपुगी मानन्धरको हत्यारालाई के आधारमा सरकारले आममाफी दियो भन्दै उनले गृहमन्त्रीसँग प्रश्न पनि गरिन् ।