दार्चुलामा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु 



दार्चुला । 

दार्चुलामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका–३ बोहोरीगाउँका अन्दाजी ५३ वर्षीय करन सिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

 धनगढीबाट मंगलबार राती दार्चुलाका लागि चामल लिएर छुटेको से १ ज १२५२ नम्बर मिनी ट्रक राताकाठामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सदरमुकाम खलंगाबाट उत्तरतर्फ पर्ने दुहुँ गाउँपालिका–३ को ब्रहमदेव जाँदै गर्दा आज बिहान करिब १०ः३० बजेतिर मिनी ट्रक राताकाठामा दुर्घटनामा परेको हो ।

 दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । चामल बोकेको ट्रक सडकबाट २-३ सय मिटर तल भिरमा खसेको बताइएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्