नेपालगन्ज निषेधाज्ञा- राति ८ बजेसम्मका लागि हट्यो



बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा आज एक दिभरका लागि हटाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए ।

उपमहानगर क्षेत्रभित्र मङ्गलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएकामा आज राति ८ बजेसम्मका लागि हटाइएको हो ।

यसपछि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत्‌रुपमा उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहनाकाको चार किल्लामा निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्