कारको ठक्करबाट भक्तपुरमा एकको मृत्यु



भक्तपुर । भक्तपुरमा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

बिहीबार बिहान साढे ६ बजे मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल जुध्दा दुर्घटना भएको थियो ।

पुरानो थिमी जाँदै गरेको बागमती प्रदेश ०२-०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च. २०४९ नम्बरको कार जुधेको थियो ।

कार अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिएको भक्तपुर प्रहरी परिसरका डिएसपी बसन्त पाठकले बताए ।

दुर्घटनामा मध्यपुर थिमि नगरपालिका-९ राधेराधेका ५८ वर्षीय योगराज बराल गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा बरालको आज बिहान करिब ७ बजे भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्