विछोडको पीडा नसकी खप्न दसैंको बेलामा
तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा
डाँडा छन् साथी कोही दिन राति निद छैन आँखामा
मनको कुरा बुभ्mदैन कोही पहाडी पाखामा।
५१ वर्षअघि नै सन् १९७२ मा स्वर सम्राट नारागोपालका साथ यो सदावहार गीत गाएर लोकप्रियता कमाइसकेकी दार्जिलिङवासी गायिका दिलमाया खाती दशैं नजिकिँदै गएको समयममा यो धर्तीबाट बिछोडिएकी छिन्।
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित दिलमायाले मंगलबार राति ८५ वर्षको उमेरमा दार्जिलिङमा अन्तिम श्वास फेरिन्। १९९६ साल साउन २३ गते दार्जलिङको घुमपहाडमा जन्मिएकी दिलमाया सानैदेखि गायनमा रुचि राख्थिन्।
पा“च वर्षको उमेरमा नै गीत गाउन थालेकी उनले दश वर्षको उमेरमै मञ्चमा गीत प्रस्तुत गरेकी थिइन्। त्यो बेला दिलमाया र गायिका अरुणा लामाबीच सांगीतिक प्रतिस्पर्धा हुने गथ्र्यो। गायनमा रुचि राखे पनि गायिका बन्छु भन्ने नसोचेकी उनी दार्जिलिङमा रहेको जीडीएनएस (गोर्खा दुःख निवारक संस्था) को हलमा हुने कार्यक्रममा सहभागी भइरहन्थिन्। स्कुले जीवनमा एक दिन जीडीएनएमा आयोजित नेपाली गीतको प्रतियोगितामा दिलमायाले आपूmलाई नेपाली गीत गाउन नआउने भएकाले हिन्दी गीत ए जिन्दिगी उसी के हे गाइदिइन्। नेपाली गीतको प्रतियोगिता भए पनि उनले सुमधुर स्वरका लागि हिन्दी गीत गाएर अवार्ड चुमेकी थिइन्। उनी २०१९ सालमा पहिलोपटक काठमाडौं घुम्न आएकी थिइन्।
उनलाई साथी कृष्णा कन्दङ्वाले मरहित्ते गरेर काठमाडौं घुम्न ल्याएकी थिइन्। स्कुल सकाएर बसेकी दिलमाया दार्जिलिङमा गायिकाको रूपमा छाए पनि गीत नै रेकर्ड गराएर गायिका बन्ने सोचमा चाहिँ थिइनन्। दिलमायाको साथी कृष्णको दाइ काजीमान कन्दङ्वा नेपालका मन्त्री थिए। दिलमाया कृष्णकै घरमा बसेकी थिइन्। एक बिहान मन्त्री कन्दङ्वाको घरमा तीनजना मानिस दिलमायालाई भेट्न आए र कुराकानीको क्रममा गीत गाउन लगाए। दिलमायाले नेपाली गीत नआउने भएकाले त्यहा“ पनि हिन्दी गीत गाएर सुनाइन्। भोलिपल्ट दिलमायालाई लिन एउटा जिप आयो र रेडीयो नेपाल पु¥याइयो। त्यहाँ पुगेपछि मात्र आफूलाई भेट्न आएका मानिसहरू संगीतकार शिवशंकर र नातिकाजी तथा गायिका तारादेवी रहेछन् भन्ने दिलमालाले थाहा पाएकी थिइन्। उनको स्वरबाट प्रभावित भएका शिव शंकरले उनलाई रेडियो नेपालमा गायन प्रतियोगितामा भाग लिन सुझाएका थिए। त्यति बेला नेपाली गीत गाउन नआउने दिलमायालाई शिवशंकरले नै नेपाली गीत गाउन सिकाएका थिए। रेडियो नेपालले आयोजना गरेको गायन प्रतियोगितामा बच्चु कैलाश, पुष्प नेपाली, तारादेवी लगायतको समेत सहभागिता रहेको सो प्रतिस्पर्धामा दिलमायाले प्रथम भएर रेडियो नेपालबाट स्वर्णपदक जितेकी थिइन्।
मिठो स्वरकी धनी उनलाई नातिकाजीलगायतले नेपाली गीत गाउने प्रस्ताव राखे। उनले सावन फर्की फेरि आयो, बचाइराख सम्झनाभित्र, म कहिले मर्दिनँ, माया लगाई निष्ठुरी फर्केन, खोलाको दुई किनार, सम्हाल पछ्यौरी, सम्झे है बुझे है यो मेरो जोवन, बचाइराख, अरु केही माग्दिनँ, पारिबाट फुक्योजस्ता सयौं नेपाली गीत गाईन्। सावन फर्की फेरि आयो बोलको गीतबाट नेपाल, भूटान र सिक्किममा चर्चित बनेकी उनलाई भारतीय कलाकार राज कपुरले हिन्दी गीत गाउन प्रस्ताव राखे पनि उनले नेपाली गीत मात्र गाउने प्रतिबद्धता गरेको आप्mनो जीवनकामा बताउँदै आएकी थिइन्।
दिलमायाको स्वरबाट मोहीत भएका नेपाली गायक गायिकाहरू उनलाई नेपालमै राखेर रेडियो नेपालमा गीत गाउन लगाउन चाहन्थे। तर उनलाई दार्जिलिङबाट परिवारको बोलावट भइरहन्थ्यो। नेपाल आएको केही महिनापछि आमा बिरामी भएको बहानामा दार्जिलिङमा बोलाइएपछि आफ्नै थलो फर्केर संगीतकर्म र शिक्षण पेशामा लागेकी थिइन्। नेपालबाट स्वर्णपदक जितेर गएपछि दार्जिलिङमा उनको चर्चा झनै चुलिएको थियो। उनले नेपाली आधुनकि गीत संगीतको केन्द्रको रूपमा रहेको दार्जलिङस्थित कला मन्दिरका लागि पनि गाएकी थिइन भने रेडियो खर्साङमा पनि गायिकाको रूपमा सक्रिय भएकी थिइन्।
कला मन्दिरमै गाइरहेका बेला उनलाई स्थापित भ्वाइलिनवादक कर्म योञ्जनले आफ्नो संगीतमा गीत गाउन अनुरोध गरे। त्यसपश्चात् दिलमायाले कर्मको संगीतमा जिउन देउ मलाई तिम्रो बोलको गीत गाइन्। कर्मको संगीत रहेको पहिलो गीत निकै चर्चित बन्यो र कर्म पनि संगीतकारको रूपमा स्थापित हु“दै गए। त्यस समयमा कला मन्दिरमा बा“सुरीवादक रहेका गोपाल योञ्जनले आफ्नो संगीतमा गाउ“की छोरी बढ्यौ है तिमी बोलको गीत गाउन आग्रह गरे। त्यो गीतपछि गोपाल योञ्जनले पनि पछाडि फर्केर हेर्नुपरेन। सन् १९७२ मा उनको स्वर सम्राट नारायण गोपालका साथ दार्जिलिङमा भेट भएको थियो। नारायण गोपाल स्वयम बिछोडको पीडा नसकी खप्न बोलको गीत गाउने प्रस्ताव लिएर उनलाई भेट्न दार्जिलिङ पुगेका थिए। नारायण गोपालका साथ उनले बिछोडको पिडा र तिमी देख्दा रहर बोलका युगल गीत कोलकात्तामा गएर रेकर्डिङ गराएकी थिइन्। दिलमायाको स्वरबाट मोहित भएका संगीतकर्मीहरूले उनलाई मेलोडी मुनको उपमा दिएका थिए।
दिलमायाको नेपाली फ्यानलगायत कलाकर्मीले उनी नेपालमै बसेर संगीतकर्ममा लागून भन्ने चाहे पनि दिलमाया भने नेपालमा बस्ने गरि आइनन्। उनी २०५९ सालमा रत्नबहादुर खड्कीको संगीतमा नरेन्द्र राज प्रसाईको गीतहरू गाउन आएकी थिइन्। सोही बेला नै उनले बुलु मुकारुङ, आलोकश्री लगायतको संगीत र उषा शेरचललगायतको शब्दमा केही गीत गाएकी थिइन्। उनी पछिल्लोपटक नारायण गोपाल संगीत कोषले प्रदान गरेको २०७१ सालको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार ग्रहण गर्न काठमाडौं आएकी थिइन्। दाइ र भदैनीहरूसित दार्जिलिङ बस्दै आएकी अविवाहित उनी केहीअघि मात्र गोपाल योञ्जनको ८०औं स्मृति दिवसको अवसरमा दार्जिलिङमा आयोजित कार्यक्रममा एक लाख ६० हजार रुपिया“सहित गोपाल योञ्जन स्मृति स्रष्टा सम्मानबाट सम्मानित भएकी थिइन्।
प्रतिक्रिया