नेपालको कांस्य पदक निश्चित 



हान्झाउ । बुधबार नेपाली महिला कबड्डी टोलीको खेल थिएन । तर, इरान र बंगलादेशबीचको खेलमा नजर भने थियो ।

दुई दिनअघि नै नेपालले बंगलादेशलाई १९औं एसियाडको पहिलो खेलमा पराजित गर्दै लगभग पदक पक्का गरिसकेको थियो । तर, निश्चित भने भइसकेको थिएन ।

मंगलबार नेपाल दोस्रो खेलमा अघिल्लो संस्करणको स्वर्णधारी बलियो टोली इरानसँग पराजित भयो । तैपनि नेपालको पदक सम्भावना बाँकी नै थियो ।

चीनको हान्झाउमा जारी १९औं एसियाडमा बुधबार इरानले बंगलादेशलाई पराजित गरेपछि भने नेपालले पदक जित्ने पक्का भएको हो ।

पहिलो पटक एसियाडमा सहभागी भएको महिला कबड्डी टिमले पदक पक्का गरेपछि नेपाल पदकविहीन अवस्थामा गुज्रिनु परेन ।

प्रतिक्रिया दिनुहोस्