परियार मिस्टर मकवानपुर



हेटौंडा । हेटौंडामा शनिबार भएको तेस्रो मिस्टर मकवानपुरको उपाधि सरुन परियारले जितेका छन् । ७० केजी समूहका विजेता परियार तेस्रो मिस्टर मकवानपुर बन्न सफल भएका हुन् ।

विजेता भएसँगै उनले एक लाख नगद प्राप्त गरे । उनलाई हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले पुरस्कार प्रदान गरिन् । प्रतियोगिताका फस्ट रनरअप राज शाही घोषित भए । उनी ७५ केजी तौल समूहका विजेता हुन् । उनले नगद ५० हजार पाए । सेकेण्ड रनरअप शैलेन्द्रकुमार साह भएका छन् । उनी ६० केजी तौल समूहका विजेता हुन् । उनले नगद ३० हजार प्राप्त गरे ।

मिस्टर मकवानपुरअन्तर्गत् ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो । ५५ केजी समूहमा युवराज छत्कुली विजेता बने । ६० केजी तौल समूहमा साह, ६५ केजी समूहमा इन्द्रकुमार अधिकारी, ७० केजी समूहमा परियार र ७५ केजी तौल समूहमा राज शाही विजेता बने । उनीहरुले जनही १० हजार नगद प्राप्त गरे ।

महिला शारीरिक सुगठनतर्फ आयोजित वेष्ट फिजिक्स वुमन च्याम्पियनसिप विधामा ४ महिला खेलाडीले सहभागिता जनाएकोमा अरिमा थिङ विजेता बनिन् । उनले २० हजार नगद, मेडल प्राप्त गरेकी छन् । दोस्रो स्थानमा शान्तामाया स्यांतान, तेस्रो स्थानमा जुनी पुलामीमगर र चौथो स्थानमा कल्पनाकुमारी दर्लामीमगर भए ।

प्रतियोगतामा गरिएको मिस्टर मकवानपुर भेट्रान्समा विजेता बिमल लामा, दोस्रो बुद्ध लामा, तेस्रो स्थानमा भुवनबहादुर तामाङ र चौथो स्थानमा विकास बानियाँ भए । प्रतियोगितामा ८ भेट्रान्स खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्