अभिनेता केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ।

अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले अभिनेता केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गत शुक्रबार पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

अनमोललाई पुन ः सोमबार अदालतमा उपस्थित गराउनुपर्छ । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्