पुरानो विवादको झोकमा ७० वर्षीया वृद्धाको हत्या गर्ने ३५ वर्षीय अभियुक्त पक्राउ



धादिङ । जिल्लाको हजारेबीस टोलमा पुरानो विवादका कारण एक वृद्धाको हत्या भएको थियो । असोज १२ गते ७० वर्षीया वृद्धा सुकमाया गुरुङको हत्या भएको थियो ।

हत्या आरोपमा संलग्न अभियुक्त नेत्रावती डबजोङ गाउँपालिका– ४ का ३५ वर्षीय मंगल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सुकमाया कथित बोक्सी भएकै कारण आफू शारीरिक अपाङ्ग भएको मंगलले आरोप लगाउँदै आएको स्थानीय बताउँछन् ।

त्यतिमात्रै होइन, उनले नेपाली सेनामा जागिर खानबाट सुकमायाले बञ्चित गराएकोले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

सुकमायालाई मंगलले धारिलो हतियार (खुर्पा) प्रहार गरि हत्या गरेको मिश्रले बताउनुभयो । हत्या भएको खबर प्राप्त हुनसाथ प्रहरी चौकी कटुन्जेको टोलीले उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको थियो ।

जेष्ठ नागरिक दिवसकै दिन जेष्ठ नागरिकको हत्या हुनुले धादिङका जेष्ठ नागरिकलाई स्तब्ध बनाएको छ भने उहाँहरू आक्रोशित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्