प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि ओली बालुवाटार पुगेका हुन् ।

उनको साथमा उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौला पनि बालुवाटार पुगेका छन् ।

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
उक्त बैठक सञ्चालनबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको हो ।

संसद् बैठक आज (आइतबार) दिउँसो १ बजे आह्वान गरिएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्