आजदेखि एकीकृत समाजवादीको ‘समाजवादी जागरण’ अभियान



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले  समाजवादी जागरण अभियान २०८० आजदेखि सुरु गर्दै छ । समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गरिने बताइएको छ ।

आज काँकडभिट्टाको मेची नदी किनाराबाट सुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ । यस अवधिमा करिब एक हजार किलोमिटर यात्रा हुनेछ ।

यस बीचमा विभिन्न जिल्लाहरूमा पार्टीका विभिन्न तहका कमिटीहरूसँग छलफल गर्दै र जनताको कुरा सुन्दै जाने पार्टीका महासचिव घनश्याम भुसालले बताए ।

अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने अध्यक्ष माधवकुमार नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्