राप्रपा नेपालद्वारा आज वीरगन्जमा विरोध सभाको आयोजना



वीरगन्ज । राप्रपा नेपालले आज पर्साको वीरगन्जमा सभा गर्ने भएको छ ।

घन्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पुर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीले जानकारी दिए ।

पूर्वमन्त्रीसमेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो । ‘हामी भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि देशका बिभिन्न भागहरुमा यसैगरी विरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौँ, अब राप्रपा नेपाल सडक केन्द्रित गतिविधिमा क्रियाशिल हुन्छ ।’

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागिता गराउन व्यापक जनपरिचालन गरिएको बताए । सभालाई पार्टी अध्यक्ष  कमल थापा, नेताहरु राजिब पराजुली ,तारानाथ लुईटेल, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई, राजाराम बर्तौला लगायत नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्