५ केजी चरेससहित काठमाडौँबाट दुई जना पक्राउ

0
Shares

काठमाडौँ।

पाँच केजी चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१६ कालधाराबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-५ का ३१ वर्षीय गोविन्द तामाङ र २७ वर्षीया मुस्कान लामा रहेका छन् ।

उनीहरूबाट पाँच किलो चरेस, ७ वटा एटिएम कार्ड, ९ हजार रुपैयाँ र बागमती प्रदेश ०२-०२३ प ९४८१ नं. को २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।