अक्षय कुमारले डिप्रेसनमा पुरयाएको रणदीप हुड्डाको आरोप

0
Shares

मुम्बइ ।

बलिउड अभिनेता रणदीप हुड्डा फेरि चर्चामा छन् ।

 अभिनेताले हालै आफ्नो बारेमा एक अचम्मको खुलासा गरेका छन्। केही समयअघि आफू डिप्रेसनको सिकार भएको उनले बताएका छन, जुन डिप्रेसनको श्रेय बलिउड खेलाडी अक्षय कुमारलाई दिएका छन् ।

 हालै एक अन्तर्वार्ताका क्रममा उनले यो कुरा खुलाएका हुन् । रणदीपले भने कि सन् २०१६ मा राजकुमार सन्तोषीको फिल्म  ‘ब्याटल अफ सारागढी’ को घोषणा भएको थियो । यो फिल्ममा रणदीप मुख्य भूमिकामा थिए ।

 यसैबीच सन् २०१८ मा अक्षय कुमारको ‘केसरी’ घोषणा भएको थियो र सोही वर्ष फिल्म पनि रिलिज भएको थियो । दुवैको कथा एउटै मुद्दामा आधारित थियो । तर ‘केसरी’ असफल भए पछि रणदीपको फिल्म पनि बक्स अफिसमा रिलिज हुन सकेन । जसका कारण उनी निकै डिप्रेसनमा गएका थिए ।

अभिनेताले भने, ‘फिल्म बनाउन ३ वर्ष लाग्यो । मैले यो परियोजनाको लागि कडा मेहनत गरें। फिल्ममा ईशर सिंहको भूमिका निर्वाह गर्न मैले यी तीन वर्षमा कपाल र दाह्री बढाएँ । यो अवधिमा मैले धेरै फिल्मको अफर अस्वीकार गरें। फिल्म रिलिज नभएपछि म डिप्रेसनमा गएँ । मलाई कसैले ठूलो धोका दिएको जस्तो लाग्थ्यो ।

 फिल्म रिलिज नहुँदा रणदिव हुड्डा निकै प्रभावित भएका थिए । कसैले दाह्री काट्छ कि भन्ने डरले कोठामा ताला लगाएको उनले बताए । अभिनेताले थप भने, ‘कतिसम्म भने मेरा आमाबुवाले मलाई एक्लै छोड्नुभएन। म यो कुराबाट धेरै प्रभावित हुन थालेँ। त्यसपछि मैले निश्चय गरें कि म यो डिप्रेसनको घटना दोहोराएर अब कहिल्यै हुन दिन्न।’

 रणदीप हुड्डा चाँडै  ‘वीर सावरकर’मा देखिने छन्।