मुस्ताङबाट शुरु भयो पलको मायावी



अभिनेता पल शाहलाई कारागारमुक्त भएपछि पहिलोपटक मायावी नामक फिल्ममा देखिने भएको छ।

अभिनेता झण्डै डेढ वर्षपछि यो फिल्ममार्फत रजतपटमा कमब्याक हुन लागेका हुन्। निर्देशक दिवाकर भट्टराईको निर्देशन तथा अभिनेता राज कटुवालको निर्माणमा निर्माणाधीन फिल्मको छायाकंनसमेत शुरु गरिएको छ।

केही दिनअघि मुस्ताङ पुगेको निर्माण समूहले त्यहीँबाट छायाकंन शुरु गरेको हो। फिल्म मुस्ताङको नीलगिरि हिमाल क्षेत्र र पोखराको रमणीय स्थलमा छायांकन हुने फिल्मको छायांकन कार्य ३५ दिनमा पूरा हुने निर्माण समूहले जनाएको छ।

पोखराकै परिवेशमा रहेर कथा बुनिएको फिल्ममा पल शाह, सुशील सिटौला, दीपिका प्रसाई, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, राजाराम पौडेललगायतका कलाकारले अभिनय गर्नेछन्।

क्रिएटिभ सिने आर्टसको ब्यानरमा चन्द्र पन्त र राज कटुवालद्वारा निर्माणाधीन फिल्ममा निर्देशक भट्टराईको कथा, एसडी योगीको संगीत, राम अविरल विष्टको गीत र राजु थापाको डीओपी रहनेछ।

प्रतिक्रिया दिनुहोस्