चार केजी सुनसहित पाँच जना पक्राउ

0
Shares

दोलखा । 

जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । दोलखाको विगु गाँउपालिका वडा नम्बर ३ जामुने स्थित सिता तमाङको घरमा डेरा गरी बस्ने केशर तमाङको कोठामा लुकाएर राखेको अवस्थामा चार केजी सुन भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए ।

सुन ल्याएको सुराकीको आधारमा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्का र इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिक्रम लामा सहभागि १५ जनाको प्रहरी टोलीले सिता तमाङको घरमा लुकाई राखेको ठाउँबाट बुधवार राति उक्त सुन बरामद गरेको थियोे ।

सुन ओसारेको आरोपमा बुधवार रातिनै विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको बिभिन्न ठाउँबाट पक्राउ गरिएको शङ्कास्पद व्यक्तिहरु दोलखा विगु गाँउपालिका वडा नम्बर ३ का १९ बर्षको पेम्बा तमाङ, २८ बर्षको केशर तमाङ र २० बर्षको माधव मगर तथा उनीहरुको बयानको आधारमा बिहीबार चरिकोट स्थित शुभकामना होटलबाट पक्राउ गरिएको विगु गाँउपालिका वडा नम्बर १ को ५५ बर्षको नुर्वुछिरीङ शेर्पा र ३० बर्षको सुनमाला तमाङलाई प्रहरीले बिहीबार नै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

नियन्त्रणमा लिइएको पाँचैै जनालाई अदालतबाट म्यादलिई थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । पक्राउ परेकाहरुलाई चिनियाँ नागरिकलेनै सुन पठाएको हुनसक्ने खड्काको भनाई छ । यसबारे थप अनुसन्धान पछि भन्न सकिने उनले बताए ।

उक्त सुन लामाबगरको फलाक नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरीले जनाएको छ । चीन सरकारले आईतवारमात्र तिब्बतसंग सिमा जोडिएको दोलखाको दुईवटा नाका फलाक हुँदै जाने रोङसिया र क्वादम खुला गरेको थियो ।

सुन भित्रदै गरेको सुराकी पाएपछि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्का बुधवार राति आफै सिंगटी पुगेका थिए । तिब्बतको फलाक नाकाबाट १२/१५ केजी सुन भित्रिएको आशंका गरिएको छ । प्रहरी नायव उपरीक्षक खड्काले भने अहिले चार केजी सुनमात्र भेटिएको बता ।
०८० असोज ११