साईन्स ल्याव निर्माणका लागि लायन्सद्वारा रकम हस्तान्तरण



कास्की ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले म्याग्दी बेनी स्थित म्याग्दी बहुमुखि क्याम्पसलाई साईन्स ल्याब निर्माणका लागि रकम हस्तान्तरण गरेको छ । बुधवार म्याग्दी स्थित आठ वटा लायन्स क्लबको संयुक्त पदस्थापन समारोहमा लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त करिव एक करोड २२ लाख रूपैयाको चेक (९१,९२२ अमेरिकी डलर) हस्तान्तरण गरेको हो ।

समारोहका प्रमुख अतिथि लायन्सका एलसिआईएफ एरिया लिडर राजन लम्साल, विशिष्ट अतिथि मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टीपल काउन्सिल चेयरपर्सन सिबी चन्द, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसी र निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले क्याम्पस प्रमुख गोरख बहादुर ज़िसीलाई संयुक्त रूपमा सो रकम हस्तान्तरण गरेका थिए ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले गत बर्ष लायन्स अन्तर्राष्ट्रियबाट बाग्मती प्रदेशको काठमांडौ, गण्डकी प्रदेशको पोखरा र बेनीमा छुट्टाछुट्टै प्रोजेक्टका लागि तीनवटा ग्रान्ट (अनुदान) भित्राउन सफल भएको निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले जानकारी दिए । उनका अनुसार म्याग्दीमा म्याग्दी बहुमुखि क्याम्पसमा साईन्स ल्याब निर्माणका १ करोड़ २२ लाख, पोखरा-१२ स्थित सितलादेवी सामुदायिक बिधालयमा भवन निर्माणका लागि १ करोड़ ३२ लाख र तारकेश्वर नगरपालिकाको साङला प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपकरण खरिदका लागि १ करोड़ ३२ लाख बराबरको अनुदान भित्राएको थियो । यस्का अलवा गतबर्ष नै बाढ़ी पैह्रो एवं विपत ब्यावस्थापनका लागि इमरजेन्सी ग्रान्ट अन्तर्गत १० हजार डलर लियो ग्रान्ट अन्तर्गत ५ हजार डलर पनि प्राप्त भएको थियो ।

साईन्स ल्यावको निर्माण कार्य अन्तिम चरणमा रहेको छ, सितलादेवी सामुदायिक बिधालय भवन दुई महिना अधि मात्र सिलान्यास भई निर्माण कार्य धमाधम भईरहेको छ भने साङला प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपकरण खरिदका लागि टेन्डर प्रक्रियामा गैसकेको निवर्तमान क्याविनेट सेक्रेटरी हरिराज पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्