प्रहरीलाई कारबाही र सरुवा गर्दैमा समस्याको सामाधान हुन्छ ?

28
Shares

प्रहरी नायब उपरीक्षकमाथि  भएको अन्याय हो या आन्दोलनको समर्थन हो ? या सहयोग महासय  ? डाक्टर पेसा त आफैँमा जनताप्रति समर्पित पेशा हो यसमा सबैको  सहमत अवश्य छ।  तर, जति जनता डक्टर प्रति समर्पित छन् त्यति नै प्रहरी प्रति। किन हतार प्रहरी लाई चलाउन ? न्याय र अन्याय छुट्याउने त्यहि प्रहरीलाई कसरी न्याय दिलाउने?  यसको जिम्मेवारी कसले लिने? अरूको कमजोरी र आन्दोलनका कारण सरुवा हुने कार्यले जनताको सुरक्षा र सिंगो  प्रहरी संगठनप्रति  बिश्बास गुमाउने वातावरण बन्न सक्छ, फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल यसरी बढ्ला त ? मणिपाल अस्पतालको समस्याको जिम्मेवार पनि प्रहरी..? डाक्टरहरुले अस्पताल तोडफोड गर्दा वा दुर्व्यवहार गर्ने व्यक्तिलाई कोठामा थुन्छ, प्रहरीले डाक्टरमाथि  दुर्व्यवहार गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्न नियन्त्रणमा लैजान्छु भन्दा उल्टै रोक्न खोज्ने डाक्टर साबहरु अनि  फेरि  दुर्व्यवहारको न्याय खोज्दै सडकमा..? कस्तो न्यायको गुहार हो.?

अस्पतालको समस्यामा कानुन कार्यान्वयनको दौरानमा  जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत वडा प्रहरी कार्यालय बैदामका प्रमुख वेद जोशीको काज सरुवाले कसको मनोबल उच्च होला र ? आन्दोलन त यहाँ मास्टरदेखि  डक्टरहरू देश व्यापी चलेकै छ मात्र प्रहरीलाई छुट छैन, अरुले त जे गरेनी हुने देशमा आन्दोलनलाई वार्ताको मार्ग र समाधानको मार्ग कोर्ने नेपाल प्रहरी सधैँ आगाडी नै हुन्छ। तर, यही सङ्गठनका कर्मचारीहरू र अफिसरहरुले किन अन्याय पर्ने नि ?

गलत आचरण त प्रहरीमा पनि देखिँदै आएको त्यस्तै डाक्टरहरूको लापर्बाही पनि सुनिँदै आएको छ । तर पेशागत मर्यादा त बराबर हुनुपर्ने हो। चाहे डाक्टर साप या डिएसपी साप या अहिलेका मास्टर सापहरू नै किन नहुन। पेसा कुनै गलत हुँदैन।  तर, पेसामा कार्यरत्हरुको आचरण कारण सिंगो संगठन बदनाम हुनसक्छ। बैदाम डिएसपी किन बगर जाँदा कारबाही ? बगरमा प्रहरी प्रमुखलाई के.? सन्त शालीन र कानुन कार्यान्वयनमा कठोर एक व्यवसायीक अफिसर माथि अन्याय भयकै छ। के प्रहरीलाई कारबाही र सरुवा गर्दैमा सामाधान होला  र ? दोष र जोस अरूको चोट चाहिँ असल प्रहरी लाई ? वा राम्रोलाई भन्दा हाम्रो लाई प्रसय दिने हाम्रो प्रणाली.? समयमै चेतना होस..!