सशस्त्र प्रहरी उपरीक्षकहरुको कमाण्ड पूर्वानुमान सूची प्रकाशित



काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले २०८१ सालमा गण कमाण्ड गर्ने सशस्त्र प्रहरी उपरीक्षकहरुको पुर्वानुमान सूची प्रकाशित गरेको छ ।

सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई समान अवसर प्रदान गर्ने नीति संगठनले लिए बमोजिम सशस्त्र प्रहरी बल नेपालका गण कमाण्डको लागि ५० जनाको मुख्य र १० जनाको बैकल्पिक सूचीमा गरी जम्मा ६० जना सशस्त्र प्रहरी उपरीक्षकहरुको नामावली प्रकाशित सशस्त्र प्रहरि बलका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखाले केन्द्रिय जेष्ठताको आधार तयार गरी कमाण्डको जिम्मेवारी प्राप्त नगरेका उपरीक्षकहरुको पूर्वानुमान सूची तयार गरेको हुँदा संगठनले तर्जुमा गरेको नीतिलाई सबैले आत्मासाथ गरी प्राप्त जिम्मेवारीलाई ईमान्दारी पूर्वक सम्पादन गर्नु सबैको कर्तव्य रहने मुख्यालयको विश्वास छ ।

एफपीयु मिशन, अनपोल मिशन, प्रोफेसनल लेभलको यूएन मिशन र १ वर्ष भन्दा बढी अवधिको बिदेश तालिमबाट फिर्ता भएका अधिकृतहरुलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरुवा नगरिने संगठनको नीति रहेको डिएसपी थापाले बताए । एक पटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका उपरीक्षकहरुलाई पहिलो प्राथमिकता राखि पुर्वानुमान सूची तयार गरिएको हो ।

यसैगरी पुरा अवधि कमाण्ड नगरेका उपरीक्षकहरुलाई समेत कमाण्ड गरेको अवधिको आधारमा कमाण्डको अवसर पाउने गरी पूर्वानुमान सूची तयार गरिएको हो । संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई कार्यान्वयन भए पश्चात लामो समय एउटै दर्जामा बस्नुपर्ने बाध्यता, सरुवा तथा बढुवा बाहिरी भनसुनको व्यवस्था अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्