एमालेमा कहिल्यै नफर्किने पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्टीकरण

0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू कहिल्यै एमालेमा नफर्किने स्पष्ट पारेका छन् ।

पार्टीभित्र अनेकन् मतभेद हुनु स्वभाविकै हो । यसलाई छलफल र संवादको माध्यमबाट हल गरिनुपर्छ ।

तर, एमालेमा फर्किन लागेको प्रचार बदनियतपूर्ण भएको र यसमा कुनै सत्यता नभएको खनालले प्रष्ट पारेका हुन् ।

‘एमालेमा जान लागेको प्रचार भएको मैले पाएँ । यो एकदमै बदनियतपूर्ण कुरा हो । एमालेमा जाने कुनै सम्भावना छैन । पार्टी विभाजन गरेर एमाले जाने कुरा मबाट हुँदैन’, –उनले भने ।

पार्र्टीभित्र तीव्र मतभेदकाबीच खनाल एमाले फर्किन लागेको चर्चा चुलिएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।