आफूखुसी हाजिर गरेको भन्दै २२ जना प्रहरीलाई स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन निर्देशन



काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका २२ जना प्रहरीहरुको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले सातदिने म्याद दिई सम्पर्कमा आउन भनेको हो । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न पनि भनिएको छ । अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार १८ जना साउन महिनादेखि, ३ जना असार महिनादेखि र १ जना भदौ महिनादेखि कार्यालयमा गैरहाजिर छन् ।

गैरहाजिर भएका प्रहरी सहायक हबल्दारहरुमा धादिङका अमित श्रेष्ठ, अर्घाखाँचीका कमल श्रेष्ठ, झापाका समिर दाहाल र संखुवासभाका जनम राई रहेका छन् ।

यस्तै प्रकाश अधिकारी, आशामाया तामाङ, राजकुमार महत, अनिल परियार, जिबहादुर पुन, किशोर थारु, मोहनसिंह विक, सुरेन्द्र बहादुर शाही र सन्तोष सुनारलाई पनि सात दिन भित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्