सशस्त्र प्रहरी हवल्दारको गाडीको ठक्करबाट मृत्यु



बैतडी । बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचनका अन्दाजी ३७ वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । उनी आश्रित गुल्म बाजुरामा सशस्त्र प्रहरी हवल्दारका रुपमा कार्यरत थिए ।

बाजुराबाट घर आउने क्रममा गएराती २ बजे दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा उनलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करका कारण उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्