एमाले वागमती प्रदेश अधिवेशन- नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुने



काठमाडौं । नेकपा (एमाले) वागमती प्रदेश अधिवेशन लम्बिएको छ ।

वागमती प्रदेशको नयाँ नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेशन लम्बिएको हो ।

जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेशन दुई दिन लम्बिन पुगेको हो ।

जसअनुसार आजका लागि निर्वाचन कार्यतालिका सार्वजिक भएको छ । गत ८ गते सुरु भएको अधिवेशन ९ गते सम्पन्न गर्ने भनिए पनि अब अधिवेशन ११ असोजसम्म चल्नेछ ।

निर्वाचन समितिले असोज १० र ११ गतेको निर्वाचन कार्यतालिकाको बारेमा जानकारी दिएपछि दुई दिन बढी लम्बिएको हो ।

जसअनुसार निर्वाचन कार्यक्रम आज  बिहान ८ बजेदेखि शुरु हुनेछ ।  तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन हुनेछ भने ९ देखि ११ बजे उम्मेदवारी मनोनयन गरिनेछ ।

दिउँसो  ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुटाएको निर्वाचन समितिले साँझ ५ बजे मात्रे उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।

विद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको वागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान शुरु गराउने छ भने सोही दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाईएको छ । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको वागमती एमालले निर्वाचनको सम्पूर्ण प्रक्रिया भने च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्