लिम्बू संस्कृतिमा रीत–२ बन्ने



फाल्गुनन्द लिङदेन फिल्म्स्को ब्यानरमा फिल्म रीतको सिक्वेल रीत–२ निर्माण हुने घोषणा गरिएको छ।

लिम्बू भाषा संस्कृतिमा आधारित हुने फिल्मको छायांकन ताप्लेजुङको सिनाम, पा“चथरको ओयाम, इलाम, झापा हु“दै काठमाडौंमा उपत्यका गरिने निर्माण पक्षले जनाएको छ।

फिल्मका कथाकार तथा निर्देशक दिनेश लिङ्देनका अनुसार फिल्ममा विशेष गरी लिम्बू जातिको विवाहमा दुलाहा र दुलही पक्ष बीचमा हुने संस्कारको कथा समेटिनेछ। लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बू, विमला खजुम, तेज मेन्याङबो, पूर्ण सेलिङ, सागर केरुङ, यासेली योङ्हाङ, दिनेश माङमु, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङको अभिनय रहने फिल्म सन्चमान जबेगु, विक्रम पयाङ्गु, होमकुमार लावती र आशा नेम्बाङले निर्माण गर्न लागेका हुन्।

पूर्ण सेलिङ कार्यकारी निर्माता, कविता राई लिङ्देन निर्माण व्यवस्थापक तथा सुदिता लिङ्देन प्रस्तुतकर्ता रहने फिल्मको छायांकन आगामी कात्तिक दोस्रो हप्ताबाट शुरु गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्