अभियान्ता ईः को अभियानमा नैनसिंह महरको ऐक्यबद्धता



काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बौद्धिक नेता नैनसिंह महरले जबाफदेहिताको माग गर्दै ८ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईः को अभियानमा ऐक्यबद्धता जनाएका छन्।

१९९ घण्टा लगातार राष्टिय सभागृह बाहिर निरन्तर उभिएर सहरका गरिब र सडक व्यवसायीहरुको समस्या समाधानका लागि साथ दिन युवा नेता महर राष्टिय सभागृह पुगेका हुन् ।

अभियान्ता ईःसँग भेट्दै नेता महरले फुटपाथमा रोजीरोटीका लागि व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेकाले यसमा स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।

उनले आफू आफू आबद्ध पार्टी नेपाली काँग्रेसले पनि गम्भीरता पूर्वक फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि पहलकदमी लिने बताए ।
ईः लाई भेटेर उनको माग सम्बोधन गराउन दबाब सिर्जना गर्न अहिले विभिन्न दलका नेता कार्यकर्तादेखि अभियानकर्मिहरु राष्ट्रियसभा गृह पुग्ने  क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्