अत्यधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान जोखिममा

0
Shares

बाजुरा।

 हिमालीगाउँपालिका वडा नं एक विच्छ्याकी सुत्केरीको अत्यधिक  रक्तश्रावका कारण ज्यान जोखिममा परेको छ। । सालनाल नआएर पाठेघरको मुखबन्द भएपछि ज्यान जोखिममा परेको हो  ।

हिमालीगाउँपालिकाको विच्छ्या स्वास्थ्यचौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा रहेको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार रोकायाले मंगलबार विहान बच्चा जन्माएकी भएपनि रगतबग्ने नरोकिएको र सालनाल नआएपछि  ज्यान जोखिममा परेको बताए  ।

बच्चालाई जन्माएपछि नाल नआएर पाठेघरको मुख नै बन्द भएकाले सुत्केरी महिलाको ज्यान खतरामा परेको शाखा प्रमुख भण्डारीको भनाई छ ।
सुत्केरी महिला रोकायाको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरमा उद्धारका लागि पहल भइरहेको  भण्डारीले बताए  ।

प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलका अनुसार सुत्केरी महिलाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत हेलिकप्टरको पहल भइरहेको छ । ज्यान नै खतरामा रहेको गाउँपालिकाबाट जानकारी आएकोले  तत्काल गृह मन्त्रालय, महिला तथा बालवालिका मन्त्रालयल गायत सम्बद्ध निकायमा पत्राचार गराइसकेको छ । सम्भवतः नेपाली सेनाको हेलिकोप्टर आउँदै छ ।