बक्सिङमा रबिनले जित्दा बिनिता र दिपेश पराजित



हाङझाओ । चीनमा जारी १९औं एसियाली खेलकुदमा नेपाली मुक्केबाज रबिन थापा विजयी हुँदा दिपेश लामा र बिनिता थापामगर भने पराजित भएका छन् ।

सोमबार चीनमा जारी १८औं एसियाली खेलकुदको तेस्रो दिन हाङजाओस्थित एचजेड जिम्नेजियममा भएको पुरुष ५१ केजी तौल समूहको भिडन्तमा नेपालका रबिन थापाले इन्डोनेसियाका मुक्केबाज डियो कोइबानुलाई ४–१ अंकले पराजित गरेका हुन् ।

यो जितपछि रविनले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । उनले अब कोरियाली खेलाडीको सामना गर्नेछन्। पुरुषतर्फको ७१ केजी तौल समूहको खेलमा पनि नेपालका दिपेश लामा भारतका निशान्त देवसँग ५–० ले अंकको आधारमा पराजित भएका छन्।

त्यसैगरी महिला ६६ केजी तौल समूहको खेलमा नेपालकी बिनिता थापामगर चाइनिज ताइपेईकी एनसी चेनसँग आरएससीको आधारमा पराजित भइन्। पहिलो राउन्डमै चाइनिज ताइपेईकी खेलाडी हावी भएपछि रेफ्रीले खेल रोकेपछि बिनिताको चुनौती समाप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्