कुबेरमणि नेपाल
कार्यकारी निर्देशक, रिडी पावर कम्पनी लिमिटेड
रिडी खोला आयोजना गुल्मी २ दसमलव ४ मेगावाट उत्पादन क्षमताको जलविद्युत् आयोजना, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा ८ दसमलव ५ मेगावाट ग्रीड जडित सौर्य विद्युत आयोजना, पाँचथर जिल्लामा १० मेगावाटको इवाखोला जलविद्युत आयोजना, ० दसमलव ५ मेगावाटको रैराङ खोला जलविद्युत आयोजना चलाइ रहेका कार्यकारी निर्देशक कुबेरमणि नेपाल सफल उद्यमी हुनुहुन्छ । उहाँ २२ वर्षदेखि ऊर्जा क्षेत्रमा कार्यरत रहँदै आउनु भएको छ । विद्युत्को विकासमा उहाँको भूमिक उल्लेखनीय छ । विद्युत् विकास, सरकारको नीति, सोलार पावरको भविष्यलगायत विषयमा उहाँँसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गर्नुभएको कुराकानी ।
नेपालमा सौर्य ऊर्जाको भविष्य कस्तो छ ?
नेपाल सौर्य ऊर्जाका लागि विश्वकै उर्बर भूमि हो । यसमा कति बिकिरण निस्केर उत्पादन दिन्छ भन्ने विषयलाई आधार बनाइन्छ । संसारको एभरेज ३ दसमलव ७ युनिट प्रतिबर्गमिटर उत्पादन हुन्छ । नेपालको औसत उत्पादन प्रतिवर्ग किलोमिटर ४ दसमलव ७ युनिट हो । साधारणतया वर्षको ३ सय दिन घाम लाग्छ । उच्च हिमाली क्षेत्रमा त्यो भन्दा बढी दिन घाम लाग्ने भएको हुनाले सौर्य ऊर्जाका लागि नेपाल उत्कृष्ट क्षेत्र हो ।
प्रशस्त सम्भावना रहेको जलविद्युत् आयोजना हुँदाहुँदै सौर्य ऊर्जा किन आवश्यक प¥यो ?
नेपाललाई जलस्रोतको धनी देश भनेर चिनिन्छ । अपार जलसम्पदाको भण्डारणबाट विद्युत् निस्किरहेको छ । म आफैँ पनि जलस्रोत क्षेत्रमा लागेको २२ वर्ष भयो । हामीले विश्वमा रहेका अन्य प्रविधिलाई हे¥यौँ भने जलस्रोत सँगसँगै सौर्य र वायु ऊर्जाबाट विजुली निकाल्ने अभ्यास पर्याप्त मात्रामा पाइन्छ । अबको युग नबिकरणीय ऊर्जातर्फ बढिरहेको छ । जसमा सौर्य ऊर्जा चमत्कारिक ढंगले विकास हुँदै गइरहेको छ । विश्वको आजसम्मको तथ्यांकलाई हेर्ने हो भने १० वर्ष देखि १२ वर्षको अन्तरालमा सौर्य विद्युत् १० लाख मेगावाट उत्पादन भएको छ ।
छिमेकी मुलुक चीनमा करिब ४ लाख मेगावाट क्षमताका सौर्य विद्युत् आयोजना बनेका छन् भने त्यति नै मेगावाट उत्पादन क्षमताका जलविद्युत आयोजना रहका छन् । भारतमा ४५ हजार मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण भएका छन् भने ६५ हजार मेगावाट सोलारबाट विद्युत् आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ । विश्वमा ग्रीड जडित सौर्य विद्युत आयोजनाहरु निर्माण गर्नको होड चलिरहेको छ । सौर्य विद्युत आयोजनाको सफलताले भारतले कोइला, थर्मल प्यान्टबाट उत्पादन हुने विजुली कटौटी गरिरहेको छ ।
वर्षामा ठुलो परिमाणमा खोलाको वहाव हुन्छ र जडित क्षमता अनुसार विद्युत उत्पादन हुन्छ । हिउँदामा खोलाको बहाव घटेसँगै १० मेगावाटको प्लाण्ट २ देखि ३ मेगावाटसम्म झर्छ र सो समयमा भारतवाट विद्युत आयात हुने गरेको छ । त्यसैगरी दिउँसो कार्यालय समय र बेलुका सबैजसोले बत्ति बाल्ने समय भएको हुनाले माग बढी हुन्छ । यसरी हामीलाई दैनिक रुपमा दिनको समयमा विद्युतको माग धेरै हुनाले र हिउँदमा पानीवाट विद्युत् उत्पादनमा कमी आउनाले यि दुबै मागको समाधान ग्रीड जडित सौर्य विद्युत् आयोजना बन्नेछ । हिउँदाको महिनाहरुमा सोलारबाट बढी उत्पादन हुन्छ भने हाइड्रोबाट कम उत्पादन हुन्छ । यो दुई ओटाको सामन्जस्यता कायम गर्नका लागि सोलारले हाइड्रोलाई ठुलो सहयोग पु¥याउँदछ । हामीले डे पिक लोडलाई सौर्यबाट विद्युत् आपूर्ति गरेमा जलासययुक्त विद्युत आयोजनाको पानीलाई दिउसो भण्डारण गर्न सक्छौ र साँझको लोडमा थप विद्युत उत्पादन गर्न सक्छौ । यसरी सौर्य विद्युत आयोजनाबाट दैनिक विद्युत्को ब्यालेन्स गर्न सकिनेछ र भारतबाट हिउँदमा जुन परिमाणमा खरीद गरिरहेका छाँै यसलाई कम गर्न सक्छौँ ।
अहिलेको नयाँ विद्युत् सम्बन्धी विधेकमा कृषियोग्य जमिनमा सोलार आयोजना बनाउन नपाउने भन्ने दफा ५३ को २ मा उल्लेख भएको छ । यसले सोलार आयोजनाको भविष्य नै समाप्त गर्ने छ । हामीसँग कुन चाहिँ जग्गा छ जुन कृषि योग्य नहोस् ? जसलाई कृषि योग्य भनिदैन । यसो भएको हुनाले हाम्रा पहाड र तराईका सबैजसो ठाउँमा कृषियोग्य जमिन रहेका छन् ।
त्यसैले नेपालको सन्दर्भमा दैनिक लोडको प्रकृतिका लागि सोलारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । संसारमा बेस लोड भनेर थर्मल प्लान्ट (आँडबिक भट्टी ) रहेका हुन्छन् । हामीसँग बेस लोड गर्न सक्ने शक्ति छैन । हामीले बेसलोड हाम्रो हिउँदामा उत्पादन हुने हाइड्रो बेस डोड हो । त्यो बेस लोडलाई सप्लीमेन्टबाट हामीले भारतबाट विजुली आयात गर्नुपर्छ । हामीले अहिले ७÷८ महिना भारतबाट खरीद गर्ने र ३ महिना बिक्रि गर्ने गरेका छौँ । हामीसँगै सौर्य विद्युत आयोजना हुँदा भारतबाट आउने विजुलीलाई प्रतिस्थापन गर्ने गर्दछौँ ।
प्रस्तावित विद्युत् विधेयकमा सौर्य विद्युत् आयोजना बारे कस्तो व्यवस्था रहेको छ ?
यस सम्बन्धमा बिडम्बना नै भन्नुपर्छ । संसार सोलार पावरमा तिब्र गतिमा अगाडि बढीरहेको हुनाले नेपालले पनि सोलार पावरलाई अगाडि बढाउनु पर्ने हो । सरकारको अघिल्लो नीतिले पनि सोलार आयोजना बनाउनका लागि ढोका खोलेको थियो । अहिलेको नयाँ विद्युत् सम्बन्धी विधेकमा कृषियोग्य जमिनमा सोलार आयोजना बनाउन नपाउने भन्ने दफा ५३ को २ मा उल्लेख भएको छ । यसले सोलार आयोजनाको भविष्य नै समाप्त गर्ने छ । हामीसँग कुन चाहिँ जग्गा छ जुन कृषि योग्य नहोस् ? जसलाई कृषि योग्य भनिदैन । यसो भएको हुनाले हाम्रा पहाड र तराईका सबैजसो ठाउँमा कृषियोग्य जमिन रहेका छन् । हामीसँग कृषि गर्न नमिल्ने मरुभूमि छैन । केही उब्जाउ नहुने ठाउँ खोज्न हिमालमै पुग्नु प¥यो हिमालमा सोलार बनाउन सकिँदैन । सरकारले नीतिमा सरकारले निर्माण गरेका सिंचाईका कमाण्ड एरियामा सोलार आयोजना गर्न नमिल्ने भन्नेछ । यसलाई मान्न सकिन्छ तर प्रस्तावित विद्युत् विद्येयकमा कृषियोग्य मात्र भनेको हुनाले सोलार राख्न सक्ने अवस्था छैन । जुन सरकारले कृषिको लागि भनेर छुट्याएको छ । यसमा अयोग्य नपाइने भएको हुनाले सौर्य आयोजनालाई निरुत्सहित गरेको देखिन्छ ।
प्रस्ताविक विद्युत् विधेयकले सौर्य विद्युत् आयोजना बनाउन कस्तो भूमिका खेलेको छ ?
प्रस्तावित विद्युत् विधेकमा वैकल्पित आयोजनाका विषयमा उल्लेख गरिएको छ । तर, कोटागत रुपमा नबिकरणीय ऊर्जामा यति उत्पादन भनेर गएमा उपयुक्त हुन्छ । यस्तो भएमा लाइसेन्स लिन सजिलो हुन्छ ।
सौर्य विद्युत् आयोजनाको विद्युत् खरीद बिक्री सम्झौताको अवस्था कस्तो छ ?
सरकारले ऊर्जा संकट समाधान गर्नका लागि २०७२ मा जलविद्यत् बाहेक अन्य क्षेत्रबाट पनि उत्पादन भएको विद्युत् खरीद गर्ने भनेको थियो । त्यसलाई टेकेर विद्युत् प्राधिकरणले टेन्डरको रुपमा ९ रुपैयाँ ६१ पैसा घटाघटमा बोलकबोल गरेर आएका आयोजनालाई फेरि बोलकबोल होइन सबैलाई एकरुपता अनुसार गर्नै पर्छ भन्यो र ७ रुपैयाँ ३० पैसा मूल्य तोकेर विद्युत् खरीद बिक्रि सम्झौता भएको थियो ।
सोही अनुसार धेरै प्रवर्धकहरुले केही आयोजना निर्माण गरी सञ्चालन गरिरहेका छन् भने धेरै प्रवद्र्धकले अनुमति लिनु भएको छ । कतिपय प्रवद्र्धकले जग्गा लिनु भएको छ । पछिल्लो पटक प्रतिस्पर्धाको आधारमा ५ रुपैँया ९४ पैसाका दरले खरीद गर्नका लागि बोलकबोल भएको छ । यसमा प्रस्ताव भन्दा थोरै आयोजनाहरुले मात्र भाग लिएका छन् र धेरै आयोजनाहरु यस दररेटमा बैंकले फाइनान्स नगर्ने अवस्था देखि पर्ख र हेरको अवस्थामा छन् ।
विश्वका अन्य देशहरुमा जस्तै सौर्य विद्युत् आयोजनालाई बढावा दिने उपाय केके हुन सक्छ ?
सरकारले सोलार आयोजना निर्माण गर्ने पकेट क्षेत्र छुट्याइदिनु पर्छ । कुन क्षेत्रमा सौर्य आयोजना बनाइदिने त्यही क्षेत्रमा मात्र केन्द्रीकृत गर्नुपर्छ । हाम्रा छाना, पहाडबाट विजुली निकाल्न सकिन्छ । पहाडमा दक्षिणतिर फर्केको घरबारीको पाटामा पनि सकिन्छ । यसरी विभन्न ठाउँबाट सोलार उत्पादन गर्न सकिन्छ । सरकारले सौर्य उत्पादन हुने ठाउँमा उत्पादन गर्न दिने र विद्युत उपयुक्त मूल्यमा खरीद गर्ने वातावरण गर्नुपर्छ ।
तपाईँलाई सौर्य विद्युत् ग्रिडमा जोड्दाको अनुभवको कस्तो छ ?
२०७२ को सरकारको नीति अनुसार विद्युत् प्राधिकरणले बोलकबोल गरेर विभिन्न ठाउँमा विद्युत उत्पादन गरी बिक्रि गर्ने गरी आह्वान गरेको थियो । हामी पनि त्यसमा सामेल भएका छौँ । हामीले ८ ओटा आयोजना प्राप्त गरेका थियांै । यसमध्ये बुटवलमा ८.५ मेगावाटको चन्द्रनिगाहापुरमा ४ मेगावाट, ढल्केमा १ र परवानीपुरमा १ मेगावाट मात्र निर्माण गर्न सफल भएका छौं । धेरै ठाउँमा जग्गाको उपलब्धतामा कठिन भएको छ । यसमा निर्माण गरेका यी आयोजनाहरुबाट हामी सन्तुष्टि छौँ ।
सौर्य विद्युत् आयोजनासँगै वायुबाट विद्युत् उत्पादन गर्ने गरिएको छ । यसको सम्भावना नेपालमा कस्तो छ ?
यसलाई हाइब्रिड प्रविधि भनिन्छ । जहाँ हावा चल्ने ठाउँबाट बिजुली उत्पादन गर्ने गर्दछाँै भने घाम लागेको बेला सौर्य विद्युत् उत्पादन भएको हुन्छ । भारतमा त यस्तो विद्युत् धेरै नै अगाडि बढेको छ । नेपालमा पनि सम्भावना खोज्न सकिन्छ ।
कस्ता क्षेत्रमा सौर्य विद्युत् आयोजना बनाउन सकिन्छ ?
भौगोलिक हिसाबले तराई, पहाड, हिमाल रहेको छ । तराईमा भन्दा पहाडमा र पहाडमा भन्दा हिमालमा सौर्य विद्युत् उत्पादन बढी हुने गरेको छ । हिमालमा उत्पादन भए पनि प्राविधिक रुपमा बनाउन सम्भावना हुँदैन । तराईको भूभाग पनि उपयुक्त नै देखिन्छ । त्यसै गरी नहर, घरको माथि, खोलाको छेउमा पनि बनाउन सकिन्छ । सबस्टेसन भएका ठाउँलाई प्राथमिकतामा राखेर सौर्य विद्युत् आयोजना बनाउने गरिएको छ ।
सौर्य विद्युत्लाई बढायो भने भारतबाट आयात गर्ने विद्युत् आपूर्ति कम गर्न सकिन्छ ?
हिउँदयाममा हाइड्रोबाट विद्युत् उत्पादन कम हुन्छ । यसका लागि सोलारबाट विद्युत् आपूर्ति गरेर भारतबाट आउने बिजुली कम गर्न सकिन्छ । भारत र चीनमा जस्तै सोलार आयोजना क्षमताअनुसार बनाउनु पर्छ । यसो गरियो भने भारतबाट आयात हुने बिजुली कम गर्न सकिन्छ ।
सौर्य विद्युत् र जलविद्युत्को लागतको अवस्था कस्तो छ ?
सौर्य विद्युत् जलविद्युत्भन्दा एक तिहाई कम लागत पर्छ । यो बनाउन छिटो र लागत पनि कम हुन्छ । घाम चर्को नलाग्दा विद्युत् उत्पादन कम होला, होइन ?
हामीले सोलार भन्ने वित्तिकै चर्को घाम लागेको बेलामा उत्पादन हुन्छ भन्ने हो । सोलर खुला आकास र कम तापक्रम भएको बेला धेरै उत्पादन हुन्छ । सौर्य बिकिरण जति बढी भयो उत्पादन पनि त्यति बढी हुने हुन्छ । सोलार तातोसँग सम्बन्धित छैन । जति चिसो भयो त्यति उत्पादन बढी हुन्छ । सौर्य विकिरण पुगेको हुनुपर्छ । हिमाली क्षेत्रमा प्रतिवर्गमिटर ५ किलोवाट र तराईमा सरदर ४ देखि ४.५ किलोवाट घण्टा विद्युत उत्पादन हुन्छ । हिमालमा आकास खुलेको हुनाले बढी उत्पादन हुन्छ भने तराईमा कुहिरो लागेको हुनाले कम उत्पादन हुने गर्दछ ।
विश्वमा के के बाट विद्युत् उत्पादन हुने प्रावधान रहेको छ ?
संसारमा सबैभन्दा धेरै विद्युत्को स्रोत भनेको कोइलाबाट, आणविक भट्टी यसलाई ब्ल्याक इलेक्ट्रीसिटी भनिन्छ । ग्रिनमा हाइड्रो, सौर्य, वायोमास, वायुबाट, समुद्रको छालबाट पनि विद्युत् उत्पादन हुन्छ । नेपालमा हाइड्रो, सोलार, वाय’ र थर्मलबाट विजुली उत्पादन हुन्छ । अहिले हाइड्रो र सौर्यबाट बढी विद्युत् उत्पादन भइरहेको छ । थर्मल आवश्यक परेका बेला मात्र चलाउने गरिन्छ । नेपालमा ३५ हजार मेगावाट विजुली सौर्यवाट उत्पादन गर्न सकिन्छ ।
प्रतिक्रिया