सल्यानमा जीप दुर्घटना : २ जनाको मृत्यु, १ जना घाइते



सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

राप्ती राजमार्गअन्तर्गत पर्ने जिल्लाको कपुरकोट गाउँपालिका–३ चोरखोला सेतापैरामा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

घाइते हुनेमा दाङ तुल्सीपुर उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय नारायण योगी रहेको प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

घाइतेको उपचारको लागि दाङ पठाइएको छ । मृतकहरूको सनाखत हुन नसकेको श्रेष्ठले बताए । जीप अनियन्त्रित भई सडकबाट करिब ३ सय ५० मिटर तल खसेको छ ।

दुर्घटना आज (सोमबार) बिहान ६ बजे भएको हो ।

प्रतिक्रिया दिनुहोस्