तेस्रो पुष्पसदन कपको उपाधी रेडियन्टलाई



ललितपुर । तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको उपाधी आइतबार रेडियन्ट पब्लिक बोर्डिङ स्कूलले जितेको छ । सिनियर र जुनियर ब्वाईजतर्फ दुबैमा रेडियन्टले ब्राईट होराईजन स्कूललाई हराउँदै उपाधी जितेको हो । गल्र्स (३×३) बास्केटबलको उपाधी भने स्वर्णीम शिक्षा सदन स्कूलले जितेको छ ।

सिनियर ब्वाईजतर्फको फाइनल खेलमा रेडियन्टले ब्राईट होराईजनलाई ६५–५० को स्कोरमा हराएको छ । सो फाइनल खेलका बेला बर्षा भएपछि सो खेललाई किर्तीपुरको कर्भडहलमा खेलाईएको थियो ।

खेलको पहिलो क्बाटरमा १७–११ को अग्रता बनाएको रेडियन्टले दोस्रो क्बाटर पनि १५–१० ले आफ्नो पक्षमा पा¥यो तर तेस्रो क्बाटरमा ब्राईट होराइजनले २१–१७ को जित निकाल्यो तर फेरी चौथो क्बाटरमा गएर रेडियन्टले १६–८ को स्कोरमा खेल आफ्नो पक्षमा पारेको थियो ।

सो फाइनल खेलमा रेडियन्टका लमिक योञ्जनले सर्वाधिक २९ स्कोर गरे ।

सेमिफाइनलमा रेडियन्टले लिटिल एन्र्जल्स स्कूललाई ४४–२५ को स्कोरमा हराएको थियो भने सेमिफाइनलमा ब्राईट होराईजनले मेगस स्कूलको चुनौती ७७–७१ स्कोरले पन्छाएको थियो ।

पुष्पसदन स्कूलको बास्केटबल कोर्टमा सम्पन्न जुनियर ब्वाईजतर्फको फाईनल खेलमा ब्राईट होराईजनलाई १९ स्कोरले हराउँदै रेडियन्टले उपाधी जितेको हो । रेडियन्टले ३९ स्कोर गर्दा पराजित ब्राईट होराईजनले मात्र २० स्कोर गर्न सक्यो । जुनियरतर्फ ८ टिम सहभागी थिए ।

रेडियन्ट, जनसेवा स्कूललाई २९–१८ स्कोरले हराउँदै फाइनलमा पुगेको थियो भने ब्राईट होराईजनले सेमिफाइनलमा ग्रिनफिल्ड स्कूललाई ३१–२६ स्कोरले पाखा लगाएको थियो ।

पुष्पसदन कप अन्र्तगत गल्र्स (३×३) बास्केटबलको उपाधी स्वर्णीम शिक्षा सदन स्कूलले जितेको छ । उसले फाइनलमा राराहिललाई हराएको छ । गल्र्स (३×३)मा २४ वटा टिम सहभागी थिए ।

प्रतियोगितामा जुनियर ब्वाईजतर्फ जनसेवा माविका लुजा मर्हजन, सिनियर ब्वाईजमा एलएका लक्कि मर्हजन र गल्र्स (३×३) मा एभिएमकी अनुश्री ढुङ्गानाले इमर्जिङ प्लेयरको पुरस्कार पाएका छन् ।

यस्तै मोष्ट भेलुएबल प्लेयर्सको पुरस्कार जुनियर ब्वाईजमा रेडियन्टका विधान कार्की , सिनियर ब्वाईजमा रेडियन्टकै लमिक योञ्जन र गल्र्स (३×३) तर्फ स्वर्णीमकी अरिभाना तरामुले जितिन् ।

फेयर प्ले टिमको पुरस्कार जुनियर ब्वाईजतर्फ निसर्ग बाटिका स्कूलले, सिनियरतर्फ मंगल माध्यमिक स्कूलले र गल्र्स (३×३) तर्फ हिलटाउन इन्टरनेसनल स्कूलले जितेको छ ।

किर्तीपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले प्रतियोगितामा विजेता तथा उपविजेता स्कूल र विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरेका छन् ।

मेयर नकर्मीले पछिल्लो परिवेशमा चुनौतीका बाबजुधपनि प्रतियोगिता संचालन गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

पष्पसदनका संस्थापक अध्यक्ष महेश श्रेष्ठले विद्यालयमा पढाईको साथसाथै अन्य अतिरिक्त कृयाकलापले मात्र विद्यालयको विकास हुने बताए । उनले खेलले ब्यायामदेखि लिएर स्वास्थ्य, अनुशासन, सम्मान , सामाजिक क्षेत्रमा मेलमिलाप गर्न सम्म भूमिका खेल्ने बताए ।

गत भदौ २९ गतेदेखि सुरु प्रतियोगितामा उपत्यकाका विभिन्न २५ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्