संगीता, मिनु र दिपक पराजित



हाङजाओ । चीनमा जारी १९औं एसियाली खेलकुदमा नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेको छ।

भियतनामकी खेलाडी लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन्। आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको महिला ६० केजी तौ समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनार भियतनामकी हा थि लिन्हसँग ५–० अंकले पराजित गरेकी हुन्। त्यसैगरी महिलातर्फकै ५४ केजी तौल समुहको खेलमा नेपालकी मिनु गुरुङ पनि पराजित भइन् । गुरुङ जापानकी किनोसिन्ता रिन्कासँग ५–० अंकको आधारमा पराजित भएकी हुन्।

त्यसैगरी पुरुषतर्फको ८० केजी तौल समूहमा पनि नेपालका दिपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए । राउन्ड अफ ३२ को भिडन्तमा दिपकलाई टुराबेकले युनानिमोस डिसिजनको आधारमा पराजित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्