ग्रिनल्याण्ड र भ्याली पब्लिक सेमिफाईनलमा



काठमाडौं । आयोजक ग्रिनल्याण्ड र भ्याली पब्लिक स्कुल १७ औं क्विक्स ग्रिनल्याण्ड बास्केटबल प्रतियोगिताको सिनियर ब्वाईजतर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

आज भएको क्वाटरफाईलनलमा ग्रिन्ल्याण्डले पृथिवीलाई ५९ – ४९ अंकले पराजित गदै अन्तिम चारको यात्रा तय गरेको हो । ग्रिनल्याण्डको जितमा महेन्द्र के.सी.को २० अंकको योगदान रहेको थियो । अर्को खेलमा भ्याली पब्लिकले सुनिल पौडेलको १९ अंकको सहयोगमा पञ्चायनलाई ६५–५५ अंकले पराजित गर्दै अन्तिम चारमा पुगेको थियो ।

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको सिनियर गल्र्स तर्फ प्रिथिवीले त्रिकोणलाई २७–१७ ले पराजित ग¥यो । प्रिथिवीको जितमा बविता घिमिरेको १० अंकको योगदान रह्यो । केभिकेएसएसले सुष्मा आलेको ९ अंक मद्धतले आयोजक ग्रिनल्याण्डलाई २९–१९ ले हरायो ।

यसैगरि गोल्डेन पिकले सुविन तामाङ्गको १९ अंकको योगदानमा टिआईएलाई ६२–५४ अंकले पराजित ग¥यो । भ्याली पब्लिकले काठमाण्डौ ग्लोबललाई ४४–३४ अंकले हराउँदा लोरिशा गौचनको १४ अंकको योगदान रह्यो । यस्तै नेघा शाहको ८ अंक मद्धतमा सत्य साई स्कुलले रिब्स ए लाई २२–१४ अंकले हराउन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्