तेस्रो पुष्पसदन कपमा रेडियन्ट, मेगस , ब्राईट होराईजन र एलए सेमिफाइनलमा

0
Shares

किर्तीपुर।

 तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगितामा रेडियन्ट पब्लिक स्कुल, मेगस स्कुल , ब्राईट होराईजन र लिटिल एन्र्जल्स स्कुल सेमिफाइनलमा पुगेका छन् ।

शुक्रबार किर्तीपुरस्थित पुष्पसदन स्कूलको बास्केटबल कोर्टमा सम्पन्न सिनियर ब्वाईजतर्फको खेलमा रेडियन्ट पब्लिकले आयोजक पुष्पसदन स्कुललाई ४४–३० अंकको अन्तरमा हराएको छ । विजेता टिमका लमिकले सर्वाधिक १७ स्कोर गरे ।

यस्तै अर्को खेलमा एलएले भ्याली भ्यू स्कुललाई ४१–३८ को स्कोरमा पाखा लगाएको छ । एलएका लागि लक्की मर्हजनले सवैभन्दा बढी २२ स्कोर गरे ।
यसैगरी आशिष थापा मगरको सर्वाधिक ३९ स्कोरको मद्दतमा मेगसले ज्ञानोदय स्कुललाई ५८–३६ को अन्तरमा निराश बनाइदिएको छ ।
अर्को खेलमा ब्राईट होराईजनले आईएमएस स्कुललाई ५७–४५ को स्कोरमा पाखा लगाएको छ । ब्राईट होराईजनका ज्योतिषले सर्वाधिक २४ स्कोर गरे ।

सेमिफाइनलका खेलहरु शनिबार 

शनिबार सेमिफाईनलका खेलहरु हुँदैछन् । बिहान ७ बजे जुनियर ब्वाईजतर्फ ग्रिनफिल्ड र ब्राईट होराईजन स्कूलबीच प्रतिस्पर्धा हुँदा ८ बजे सिनियर ब्वाईजतर्फ ब्राईट होराईजन र मेगस स्कूलबीचको खेल हुनेछ । यसैगरी बिहान ९ बजे सिनियर तर्फ नै रेडियन्ट पब्लिक र लिटिल एन्र्जल्स स्कूलबीच भिडन्त हुनेछ । १० बजे जुनियर ब्वाईजतर्फ रेडियन्ट पब्लिक र जनसेवा मावि आमनेसामने हुनेछन् ।

आइतबारसम्म चल्ने प्रतियोगितामा विभिन्न २५ वटा उपत्यकाका विद्यालयहरुको सहभागिता छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ ।