बाँके बालसुधार गृहमा झडप, १ को मृत्यु, ११ जना घाइते



बाँके । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो । झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँकेकमा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

कपिलवस्तु रुद्रपुरका सुलभ केसीको मृत्यु भएको बताइएको छ । उनी अपहरण, शरिरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए ।

प्रतिक्रिया दिनुहोस्