सर्लाही सदरमुकाम मलङगवामा अनिश्चितकालिन कर्फ्यु



सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाममा मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, सर्लाहीका अनुसार सो कर्फ्यु बिहिबार राती १० बजे देखी अनिश्चित कालसम्म जारी रहने छ ।

गणेश मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर  मलङ्गवा नगरपालिका क्षेत्रमा झडपको स्थीति देखा परेको थियो ।

सो क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादबले जानकारी दिए ।

उनका अनुसार पुरानो मलङ्गवा नगरक्षेत्र, पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट र बाबा पेट्रोल पम्प सीमा भित्र सो कर्फ्यु लागु हुनेछ ।

जिप्रकाका अनुसार साे  क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्