कलंकी मन्दिर संरक्षणको रजत जयन्तीमा फुटसल



काठमाडौं । कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको रजत जयन्तीको अवरसमा वडाव्यापी फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।

काठमाडौ महानगरपालिका–१४ वडाभरीका क्लवहरुको सहभागितामा भएको प्रतियोगितामा दुई उमेर समुहमा बिभाजन गरी खेल खेलाइएको थियो । झण्डै एक दर्जन स्थानीय क्लवहरुको सहभागितामा भएको उक्त खेलको उद्घाटन काठमाडौ महानगरपालिका १४ का वडाध्यक्ष सुमन श्रेष्ठले गर्नु भएको थियो ।

उक्त वडाव्यापी फुटसल प्रतियोगितामा ३५ बर्ष मुनीको फुटसल प्रतियोगितामा एकता क्लव प्रथम भएको थियो भने नवज्योति क्लव द्धितीय भएको थियो ।

त्यस्तै ३५ बर्ष माथिको फुटसल प्रतियोगितामा श्रीकुमारी क्लव प्रथम भएको थियो भने नवज्योति युवा क्लव द्धितीय भएको थियो । उक्त खेलमा अनुशासित क्लवको रुपमा गुणकेसरी क्लव छनोट भएको आयोजक कमिटीका सदस्य गोविन्द पौडेलले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा प्रथम, द्धितीय हुने क्लवलाई आउदो कार्तिक २५ गते आयोजना हुने बिषेश कार्यक्रममा पुरस्कार प्रदान गरिने आयोजक कमिटीका संयोजक सुन्दर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्