डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु



काठमाडाैं ।

इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।

इलाम रोङ गाउँपालिका–३ का ददिराम राईको छोरी  ४ वर्षीय स्निहान राईको बुधबार डेंगु सङक्रमणबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

उनी भाद्र ३० गते बिरामी भई बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारत थिइन्। उनलाई डेंगु सङ्क्रमण भएको अस्पतालले पुष्टी गरेको थियो। उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्