एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आह्वान गरिएको छ ।

बैठक बिहीबार बिहान १०ः३० बजेका लागि आह्वान गरिएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने प्रचारप्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा असोज १४ देखि शुरू हुने मेचीकाली अभियानको तयारीबारे छलफल हुने खतिवडाले बताए ।

यसका साथै अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी (अपानी) निर्देशनबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्