कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको छ ।

उक्त समितिको बैठक दिउँसो १ बजेदेखि बस्ने कांग्रेसले जनाएको छ ।

बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको पार्टी सचिवालयले बताएको छ । आगामी मंसिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक बस्ने भएको छ ।

त्यसैगरी बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्