सोतोकानको ब्ल्याक बेल्ट कमिटी पदस्थापन तथा सम्मान



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ७ को सहयोगमा नेपाल सोतोकान कराते संघले केन्द्रीय ब्ल्याक बेल्ट कमिटीको पदस्थापन तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

मंगलबार चावहिलस्थिति स्मार्ट पार्टी प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रममा संघले बुद्धिमान स्याङ्गतानको अध्यक्षतामा १९ जना सम्मिलित केन्द्रीय ब्ल्याक बेल्ट कमिटीको पदस्थापन गरेको हो । सोही कार्यक्रममा संघको विकासमा लामो समयदेखि योगदान पु¥याउदै आउनुभएका १० जनालाई पनि सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बुको प्रमुख आतिथ्यमा भएको उक्त सम्मान कार्यक्रममा ईपीएस स्कुलका प्रिन्सीपल प्रमिला सिंह, समाजसेवी गोपाल श्रेष्ठ, चुनियालाल श्रेष्ठ, निर्मल फैजु, प्रताप सुवेदी, कलाकार प्रमोद दिप, नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका पत्रकार कविरस शर्मा, पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय तामांग, काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष बिनोद होडा, बुद्धिमान स्याङ्गतान लगायतका ब्यक्तिहरुलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा सम्मानित हुने बागमती प्रदेशका पूर्व पर्यटन तथा संस्कृति मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ तथा बागमती प्रदेशका माननीय तथा केन्द्रीय पूर्व उधोग राज्यमन्त्री कञ्चन चन्द्र बांडेले पनि खेल विकासको बारेमा आफ्नो मन्तब्य राख्नुभएको थियो । त्यसैगरी नेपाल सोतोकान कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीले पनि संघलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । संघका सचिव नेहा राजयलक्ष्मी शाहको स्वागत मन्तब्यबाट सुरु गरिएको उक्त कार्यक्रमको समापन संघका संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्