शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ, तर विद्यालय अवरोध गर्नेमाथि कारबाही हुन्छ : बालेन



काठमाडौँ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रस्तावित शिक्षा विधेयकमा आफू पनि असहमत रहेको बताएका छन् । स्थानीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु संविधानको वर्खिलाफ रहेको उनको जिकिर छ ।

शाहले आधारभूत र माध्यमिक शिक्षामा स्थानीय सरकारको एकल अधिकार रहेको उल्लेख गरेका छन् । ‘विद्यालय शिक्षा बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किनकि काठमाडौंको शिक्षाको नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्छन् ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

शाहले शिक्षकले विद्यालय बन्द गरेर पठन पाठनमा अवरोध नपुर्याउन पनि आग्रह गरेका छन् । यस्ता अवरोध पुर्याउनेलाई कानून र संविधानअनुसार कारवाही गर्ने चेतावनी शाहले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्