पुष्पसदन बास्केटबलमा गल्सको सेमिफाइनल पुग्ने टोलीको टुङ्गो 

ब्राईट होराईजन, राराहिल, स्वर्णिम र सेन्टमेरिज अन्तिम चारमा

0
Shares

कीर्तिपुर।

तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगितामा गल्स (३×३) तर्फको सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ ।बुधबार कीर्तिपुरस्थित पुष्पसदन स्कुलको बास्केटबल कोर्टमा सम्पन्न खेलमा अंकका आधारमा शीर्ष चारमा रहने टोली सेमिफाइनलमा पुगेका छन् ।

२४ वटा टोलीबाट ब्राईट होराईजन स्कुल चन्द्रागिरी, राराहिल स्कुल किर्तिपुर, सेन्ट मेरिज स्कुल ललितपुर र स्वर्णिम स्कुल काठमाडौँले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।अब आगामी आइतबार सेमिफाइनलका खेलहरु हुनेछन् ।

पुष्पसदन बास्केटबलमा सिनियर ब्वाइज र जुनियर ब्वाइजतर्फका लिग चरणका अन्तिम खेलहरु बिहीबार हुँदै छन् । जुनियर ब्वाईजतर्फ रेडियन्ट पब्लिक र आयोजक पुष्पसदन स्कूलबीचको बर्षाका कारण अवरुद्ध भएको खेल पनि बिहीबारै हुँदै छ ।

सुरुमा ८ गतेसम्म चल्ने भनिएको प्रतियोगिता ७ गते नै सम्पन्न गर्ने तयारी आयोजकले गरेको छ ।

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स (३×३) तर्फ २४ टिम गरी २५ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ ।

प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ ।